`

बजेटमा मन्त्रीका आसेपासे र बिचौलयाको हालीमुहाली छ : प्रकाश ज्वाला

15 दिन पहिले प्रकाशित

Khojkhulasa

`

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा मन्त्री, मन्त्रीका आसेपासे र बिचौलियाको हालीमुहाली रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद ज्वालाले मन्त्री र तिनका आसेपासे तथा बिचौलियाले बजेटमा हालीमुहाली गरेको बताएका हुन् ।

मन्त्रीका मातापिताका नाममा तथा पार्टी कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको भन्दै उनले बजेटको आलोचना गरे । ‘सहरी विकास मन्त्रालयको मात्रै कुरा गर्दा बजेटलाई मन्त्रीहरूले एकलौटी कब्जा गरेजस्तो देखिन्छ । मन्त्री र मातापिताका नाममा, पार्टी कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको छ,’ उनले भने, ‘दुर्गम जिल्लाहरूमा स्वास्थ्यचौकी, खानेपानीजस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन् ।’

पूर्वमन्त्री ज्वालाले सरकारले राष्ट्रिय योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाएको बताए । ‘केन्द्रमा तीन करोड रुपैयाँभन्दा माथिका योजनामा मात्र बजेट विनियोजन गर्ने भन्ने योजना आयोगको निर्देशनलाई धज्जी उडाइएको छ । बजेट छरपस्ट रुपमा वितरण गरिएको छ । बजेट बनाउँदा र वितरण गर्दा नै अनियमितताको गन्ध आएको छ ।’

`
12 comments
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..

3 दिन पहिले

विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..

5 दिन पहिले

केन्द्रीय कमिटी बैठक एमालेले बोलायो

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..

5 दिन पहिले

शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..

5 दिन पहिले