`

भिजिट भिसामा माओवादी गलेको छैन : वर्षमान पुन

3 महीना पहिले प्रकाशित

Khojkhulasa

`

 नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्य स्मरण गरेका छन् ।

रास्वपाको नाराबाजीकाबीच प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफल चलिरहेको छ । आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पार्टीका तर्फबाट धारणा राख्न रोष्ट्रम पुगेका पुनले केही दिन अगाडिसम्म संसद्‌मा संघर्षरत रहँदाको समयमा रास्वपासँगको सहकार्य स्मरण गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र त्यससँग सम्बन्धित भिजिट भिसा प्रकरणको विषय यही जेठ १३ गतेदेखि संसद्‌‌मा उठ्दै आएको छ । यो विषय संसद्‌‌मा प्रवेश गराउन प्रतिपक्षमा रहेका माओवादी केन्द्र, रास्वपा लगायतका दलहरूले भूमिका खेले ।

त्यसक्रममा माओवादी, रास्वपा लगायतका दलहरू सँगसँगै रहेको माओवादीका उपमहासचिव पुनले स्मरण गरेका हुन् ।

`
12 comments
नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वार..

नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध..

5 दिन पहिले