इरानद्वारा इजरायलको राजधानीमै हमला, कम्तीमा ८ जनाको मृत्यु
3 महीना पहिले प्रकाशित
Khojkhulasa


इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । गएराति इजरायलको तेल अविवमै इरानले आक्रमण गरेको हो । बीबीसीका अनुसार इरानले तेल अविवको ब्याट याम र ताम्रा शहरमा ड्रोनमार्फत मिसाइल आक्रमण गरेको छ । आक्रमणबाट ब्याट याममा ३ जनाको मृत्यु र १०० बढी घाइते भएका छन् । मृत्यु हुनेमा ६९ वर्षीया महिला, ८० वर्षीय पुरुष र १० वर्षको बच्चा रहेको बीबीसीले जनाएको छ ।यसैगरी ताम्रामा कम्तीमा ५ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।आक्रमणबाट घरहरुमा क्षति पुगेको छ । उद्धारकर्ताहरु भग्नावशेष पन्छाउँदै उद्धार कार्यमा सक्रिय छन् । इजरायलले भने इरानको परमाणु केन्द्रसँग सम्बन्धित संरचनामा आक्रमण गरेको छ । आक्रमणबाट इरानको रक्षा मन्त्रालयसँगै अनुसन्धान संस्थामा क्षति पुगेको बताइएको छ ।इरानले इस्लामिक रिभोल्युसनरी गार्ड (आईआरजीसी)ले शनिबार राति गरेको आक्रमणबारे विज्ञप्तिमार्फत जानकारी दिएको छ । आईआरजीसीका अनुसार इजरायलको फाइटर जेटको इन्धन बन्ने ठाउँमा र बिजुली प्रसारण केन्द्रमा आक्रमण गरिएको छ ।यसैगरी इरानले इजरायलका तीन क्रुज मिसाइल, १० ड्रोन र अन्य धेरै साना ड्रोनहरुलाई आकाशमै ध्वस्त पारेको जनाएको छ ।

नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वार..
नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध..
7 दिन पहिले
कमेन्ट गर्नुहोस्