`

मुरारका र साहबीच सहमति

3 महीना पहिले प्रकाशित

Khojkhulasa

`

 जनकपुरधामका व्यवसायी सोहनलाल मुरारका र श्यामकिशोर साहबीचको विवाद समाधान भएको छ । नेपाल ट्रेड सेन्टरका संचालक मुरारका र सुगम निर्माण सेवाका संचालक साहबीच कारोबारका विषयमा विवाद भएको खबर मिडियामा आएको थियो । साहले मुरारकाले व्यवसायीलाई दुःख दिएको बताउँदै मिडियाबाजी गरेका थिए ।

भदौमा भएको दुई पक्षबीचको विवाद मिडिया सम्म पुगेको थियो । साहले आफुले साथीहरुको लहलहैमा लागेर मुरारकाबारे बोलेको र लेख्ने लगाइएकोमा दुःखी भएको बताउँदै आफुहरुबीच मित्रवत् व्यवहार कायम रहेको बताए । मुरारकाले पनि वर्षौं पुरानो व्यवसयिक सम्बन्ध कायम रहेको र कुनै वादविवाद नभएको बताए ।

‘विगत पनि सुमधुर थियो, आगत पनि सुमधर छ र भविष्य पनि विवादरहित नै हुनेछ,’ उनले भने व्यवसायिक घरानाको सम्बन्ध बिग्रन दिनु हुन्न र बिगार्नेहरुबाट पनि सचेत रहनु पर्छ । बिगत केही दिन पहिला सुगम निर्माण सेवाका सञ्चालक श्याम साहले मुरारका हिसाब नै नगरी तमसुकमा हस्ताक्षर गर्न लगएको झुठो र निराधार आरोप लगाएको थियो । उनले २०७२ सालदेखि मुरारकासंग कारोबार गर्दै आएका छन ।

`
12 comments