जनकपुरधाम, असार २१ गते। जनकपुरधाममा महिला एवं बालबालिकाको पहल एवं सरसफाई अभियानी रूबी कुमारी झा तथा युवा सरसफाई अभियन्ता दिपक कुमार चौधरीको संयुक्त अगुवाईमा आज शानिवार २९औं हफ्ता साप्ताहिक सरसफाई कार्यक्रम गरिएको छ ।
सरसफाई अभियनताहरुले जनकपुरमा आज बिहान रेलवे ट्रैक सहित रेलवे परिसरको वरि परी सरसफाई गरेको छ । वातावरणलाई स्वच्छ र सफा बनाइराख्न अभ्यासको रुपमा जनकपुरमा सुरु गरिएको सरसफाई अभियानी रूबी कुमारी झाले बताइन् ।
सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी उपरीक्षक शेखर खनाल,हेल्प मधेसी नेपालको अध्यक्ष राम उदगार यादव, कमला अभियानको अध्यक्ष बिक्रम यादव, प्रहरी सहायक निरीक्षक अशोक महतो, महिला अभियाणी मोती झा, रुणा झा, ब्यापारी तथा अभियाणी चन्द्र भुसन साह, सरसफाई अभियानी दिवाकर झा लगायतका स्थानीय टोल बासीहरुको बिशेष सहभागिता थियो ।