जनकपुरधाम । प्रदेश २ सरकारले वीरगञ्जकी एसि’ड पीडित मुस्कान खातुनलाई थप उपचारका लागि फेरी ५ लाख रुपैया दिने निर्णय गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्कानलाई थप उपचारका लागि ५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । उनलाई यसअघि पनि प्रदेश सरकारले उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।
प्रहरीका अनुसार २०७६ भदौं २० गते विद्यालय पढ्न गइरहेको समयमा मुस्कानमाथि दुई किशोरले एसि’ड प्रहार गरेका थिए । अहिले पनि उनको उपचार जारी रहेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *