काठमाडौं भोलि असोज ४० गतेदेखि दशैं(तिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । सर्वसाधारणले काठमाडौं उपत्यका लगायत देशभरबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयबाट नयाँ नोट वितरण हुन्छ । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले ५, १०, २०, ५० र १०० रुपैयाँ साट्न पाउने छन् । यो वर्षको दशैं तिहारका लागि केन्द्रीय बैंकले करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने बताएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *