३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुद शुक्रबारबाट जापानमा सुरु हुँदहो । जापानको राजधानी टोकियोमा आयोजना हुने एक कार्यक्रमका बीच ’टोकियो ओलम्पिक’ औपचारिक रुपमा सुरु हुनेहो । ओलम्पिकको उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजेबाट सुरु हुनेछ । उद्घाटन समारोहमा खेलाडीको मार्च पास सहित विभिन्न कार्यक्रमहरु हुनेछन् । टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्सीय टोली टोकियो पुगिसकेका छन् । ओलम्पिक अन्र्तगत नेपालका जुडो खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो । बिहीबार सार्वजनिक भएको खेल तालिकाअनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *