यस सिजनको युइएफए च्याम्पियन्स लिगको समूह विभाजन र खेल तालिका बिहीबार सार्वजनिक हुँदैहो । सन् २०२१–२२ मा हुने यस सिजनको च्याम्पियन्स लिगको गयराति प्ले अफबाट साख्तर डोनेक्स, रेडबुल साल्जवर्ग र सेरिफ टिरासपोलले च्याम्पियन्स लिगमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुङ्गो लागेको हो । च्याम्पियन्स लिग युरोपियन फुटबल क्यालेन्डरमा सबैभन्दा चर्चित लिग हो । च्याम्पियन्स लिगको ‘ड्र’ टर्कीको इस्तानबुलमा नेपाली समयअनुसार राति ९ ः ४५ बजे हुनेछ । सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिनेहो । हरेक समूहमा चार टोली रहनेछन् । शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् । एकै समूहमा एकै राष्ट्रका दुई क्लबलाई राखिनेछैन । समूह चरणको खेल १४ र १५ सेप्टेम्बरमा हुनेछन् । त्यसपछि २८ र २९ सेप्टेम्बरमा हुनेछ । अक्टुबर १९ र २० म तेस्रो राउन्डको खेल हुनेछन् । चौथो राउन्डको खेल नोभेम्बर २ र ३ मा हुनेछन् । पाँचौ राउन्डको खेल २३ र २४ नोभेम्बरमा तथा छैटौ राउन्डको खेल ७ र ८ डिसेम्बरमा हुनेछन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *