प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार एकैपटक १ सय ६५ वटा सडकको शुभारम्भ गर्दै हुनुहुन्छ । शनिवार एकसाथ प्रधानमन्त्री ओलीले १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक सडकका दरले सडक शुभारम्भ गर्न लाग्नुभएको सडक विभागले जनाएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट शनिवार बिहान सडक शुभारम्भ गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिनुभयो । उहाँले डिजिटल रुपमा स्विच थिचेर प्रधानमन्त्रीले सडक शुभारम्भ गर्न लाग्नुभएको बताउनुभयो । हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचनाअनुसार सडक निर्माण गरिने पनि उहाँले जानकारी दिनुभयो । गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गर्नुभएको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *