नेपाली कांग्रेस जनकपुरधाम नगर समितिका सभापति एवम मेयरका प्रत्यासी मनोज साहले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ स्थित जलाद नदी तटबन्धको निरिक्षण गरेका छन । साहले प्रदेश सरकारको बजेटबाट १ सय मिटर निर्माण गरिएको तटबन्धको निरिक्षण गरेका हुन । उनले हुलाकी राजमार्ग अन्तर्गत धनुषाको पौडेश्वरको पुलदेखि ओसरा हुदै रेल्वे लाईन सम्मको बाढिले कटान गरेको नदी क्षेत्रको निरिक्षण गरेका हुन् । उपमहानगरपालिकाको पुर्वी भाग कनकपटटी , ओसरा , भोईल , तेतरिया , बेलौनी लगायतका क्षेत्रमा नदीको पानी पसी गाउं डुबानमा पर्ने गरेको छ । प्रदेश सरकारको बजेटबाट निर्माण भईरहेको तटबन्धले सो क्षेत्रका स्थानीयहरुलाई ठुलो राहत पुग्ने विश्वास गरिएको छ । सो क्षेत्रका अधिकांश स्थानीयहरु कृषिसंग सम्बन्धित भएकोले पनि सो तटबन्ध निर्माणलाई नेपाली कांग्रेसले जोड दिएको हो । नगर सभापति साहले उपमहानगरपालिकाको विपत व्यवस्थापन समितिको बैठक र सम्बन्धित निकायहरुमा गरेको प्रयासले तटबन्ध निर्माण हुन सम्भव भएको नेपाली कांग्रेस वडा नं. १७ का सभापति बालबोध यादवले बताए । निरिक्षणमा जलश्रोत तथा सिचाई विकास डिभिजन धनुषाका ईन्जिनियर गिरिन्द्र झा ,नेपाली कांग्रेसका जिल्ला सदस्य रामप्रसाद साह ,वडाध्यक्ष प्रत्यासी धर्वेन्द्र यादव , पंचलाल यादव , बिरेन्द्र यादव , लक्ष्मण यादव , सहित नेपाली कांग्रेसका नेता कार्यकर्ता लगायत स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *