एजेन्सी

एएफसी छनोटको दोस्रो चरण खेल्ने १९ वर्ष मुनिको महिला टिमका सदस्यको नाम सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठको नेतृत्वमा २३ सदसीय टिमको नाम सार्वजनिक गरेको हो । प्रशिक्षक हरि ओम श्रेष्ठले परिक्षाका कारण केहि खेलाडी टिममा फेरबदल भएको बताउनुभयो । यस अघि थाइल्याण्डमा भएको पहिलो चरणमा उत्कृष्ट प्रर्दशन गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो । प्रतियोगिताको तयारीका लागि नेपाली टिम भोली चीन जादैछ । दोस्रो चरणको छनोट अप्रिल २६ बाट ३० सम्म हुनेछ । छनोटको शीर्ष टोलीले एएफसी १९ वर्ष मुनिको च्याम्पियनसिपमा स्थान बनाउने छन् । छनोटको समूह ‘ए’ मा रहेको नेपालले बलियो टोलीहरु अष्ट्रेलिया, उज्वेकिस्तान र म्यानमारसँग खेल्नेछ । नेपालले पहिलो खेलमा अप्रिल २६ मा अष्ट्रेलियासँग, अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *