आज १८ औँ राष्ट्रिय धान दिवस, धनुषासहित देशभर बिभिन्न कार्यक्रम गरी मनाईएको छ । धनुषाको नगराईन नगरपालिकाले धान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । दिवसको अवसरमा नगरपालिकाले नगरपालिकाको अकौरा पोखरीस्थित एक खेतमा धान रोपाई गरेको छ । सो कार्यक्रममा नगराईन नगरपालिकाका जनप्रतिनीधि , कर्मचारी , किसान र सर्वसाधरणहरुको उपस्थिति रहेको थियो । असार १५ अर्थात आजका दिनलाई नेपाली समाजमा दहीचिउरा खाने पर्वको रूपमा पनि मनाइन्छ ।

कामको चटारोले किसान थकित भएका बेलामा दहीचिउरा खाए शक्ति प्राप्त हुने विश्वास छ । २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी नेपालमा २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । आजका दिन असारे भाका गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन भए पनि कोरोना भाइरसको महामारीका कारण दुरी कायम गरी सावधानी अपनाईएको छ । यता धान दिवसको अवसरमा कर्णाली प्रदेशमा भने आज सार्वजनिक बिदा दिइएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीराम घिमिरेका अनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल धानमा आत्मनिर्भर हुन्छ । सातवटै प्रदेशमध्ये प्रदेश १ र लुम्बनी प्रदेश मात्र धानमा आत्मनिर्भर देखिएको छ अन्य सबै प्रदेशमा धान अपुग रहेको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *