कोरोना भाइरस महामारीका कारण सबै क्षेत्रमा प्रभाव परेको हो । देशका प्रायः सबैजसो जिल्लामा निषेधाज्ञा जारी हो । जसले गर्दा किसानहरुले उब्जाएका अन्नबाली बजार र उपभोक्तासम्म पु¥याउन सकेका छैनन् । आफ्नो उत्पादन बजार र उपभोक्तासम्म पु¥याउन नसकेपछि पश्चिम नवलपरासीका फलफुल व्यावसायीहरु समस्यामा परेका छन् । जिल्लामा जारी भएको निषेधाज्ञाका कारण १० लाख बराबरको केरा गोदाममै कुहिएपछि व्यवसायी चिन्तित बनेका छन् । फलफुल व्यावसायी मेगराज हमालले नेपालमा यतिबेला केरा नपाउने र भारतबाट मगाउनु पर्ने बाध्यता रहेको र गोदाममै १० लाख बराबरको केरा कुहिएर खेर गएको बताउनुभयो । भारतबाट अर्डर गरेको केरा आउनसाथ निषेधाज्ञा सुरु भएपछि पश्चिम नवलरासीका बजार लगायत रुपन्देही, नवलपुर र चितवनका बजारमा केरा आपूर्ति नहुदाँ गोदाममै कुहिएको उहाँको भनाइ हो । उधारोमा मगाएको केराको मूल्य नपाएपछि ऋणमाथि ऋण थपिएको भन्दै हमालजस्तै अन्य किसानपनि चिन्तित बनेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *