नोबेल कोरोना भाइरसको महामारीको सङ्क्रमणको जोखिम नहोस भन्नका लागि त्रिभुवन विमानस्थलले उडान कम्पनीहरूलाई १० मिनेटको अन्तरालमा उडान तालिका दिएको हो । यही असार १७ देखि आन्तरिकतर्फको उडान सुरु हुँदै छ । नियमित उडान रोकिएको अवस्थामा कोरोना सङ्क्रमणको हालको स्थिति को मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमता अनुसार भीडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञा अघि सञ्चालन गरेको उडान संख्याको आधा संख्यामा उडान भर्नुपर्ने हो । यसअनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्रीलाई ७, सौर्यलाई ३ उडान स्वीकृति दिएको विमानस्थल कार्यालयले जनाएको हो । यात्रुहरूको सुरक्षित आवागमनका लागि नेपाल सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पालनाका लागि कार्यान्वयन समिति र सुपरिवेक्षण समितिसमेत गठन गरिएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *