राहुल कुमार सिंह
बैशाख १३
स्थानीय विकास प्रतिष्ठानद्वारा आयोजित १० दिने मिथिला पेन्टिंग तालिम शुक्रवार सम्पन्न भएको छ । स्थानीय विकास प्रतिष्ठानको आयोजना र जिल्ला पुर्वाधार विकास कार्यालय धनुषाको सहयोगमा सम्पन्न सो १० दिने मिथिला पेन्टिंग तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरी तालिम सम्पन्न भएको हो । तालिममा स्थानीय महिलाहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई १० दिनसम्म मिथिला पेन्टिंग सिकाईएको प्रतिष्ठानले जनाएको छ । स्थानीय विकास प्रतिष्ठानका अध्यक्ष मिनु झाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नं. २ का सभासद प्रमिला दासको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. २ का सभासद प्रमिला दासले तालिमले महिलाहरुलाई आत्म निर्भर बनाउने भएकोले तालिमको सदुपयोग गर्न आग्रह गरे । आगामी दिनमा समेत आफु महिलाहरुका लागि यस्ता तालिमहरुलाई ग्राहयताका साथ अगाडि बढाउने बताए । उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरेका छन । कार्यक्रममा पूर्वाधार विकास कार्यालयका कामु डिई महेन्द्र महतो , समाजसेवी रघुनाथ दास , महिला नेतृ निलम कर्ण , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , सदस्य किशोर मंडल , सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । महिलाहरुलाई आत्म निर्भर बनाउने उद्देश्यले तालिम दिईएको गरिएको अध्यक्ष झाले जानकारी दिएका छन ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *