जनकपुरको ग्यालेक्सि उच्च माध्यमिक विधालयले होली पर्व २०७७ को अवसरमा विविध कार्यक्रमहरु सञ्चालन गरि विद्याथीहरुलाई पुरस्कृत गरेको छ । हजिरी जबाफ,कला र विज्ञान प्रतिस्पर्धा गरी तिन वटा विधामा जन्मा २९ जना विद्याथी सहभागी थिए । बिहान कक्षा ८ देखी ११ सम्मका विधार्थी सहभागी उक्त कार्यक्रममा हाजिरी जबाफतार्फ कक्षा ९ को सुजल मिश्रा,प्राची महासेठ, सौरभ झा, श्रृती यादव ,प्रथम भए भने कक्षा ८ बाट अनुराग पाठक , सिवानी झा , विवेकानन्द अधिकारी दोस्रो भए ।

त्यस्तै गरी कक्षा १० का अमन यादव , सुभाष साह , सालु झा , प्रिती साह तेस्रो भए । त्यसै गरी कलातर्फ कक्षा ९ की प्राची महासेठ, प्रथम भइन भने कक्षा ९ कै रितिका पाठक दोस्रो र कक्षा ८ की सिवानी झा तेस्रो भइन । विज्ञानतर्फ कक्षा ८ का अनुराग पाठक प्रथम भए । कार्यक्रममा सहभागी सम्पुर्ण विधार्थीहरुलाई विद्यालयका प्रिन्सिपल अमरेन्द्र झाले पुरस्कार तथा प्रमाण पत्र वितिरण गर्नु भएको थियो । उक्त अवसरमा यसै विद्यार्थीहरु सालु झा , अमन यादव , प्राची महासेठ ,सुजल मिश्रा , रितिका पाठक लगायतका विद्यार्थीहरुले कार्यक्रमको बारेमा आफनो विचार व्यक्त गरेका थिए । त्यस्तै गरी विद्यालयका शिक्षक गोपाल प्रसाद पोखरेल , अरुण सिंह , राहुल कर्ण, राम शंकर साह लगायतले कार्यक्रमको प्रशंसा गरेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *