हेल्प मधेशी कत्तार च्याप्टरको आर्थिक सहयोग र हेल्प मधेशी नेपालको आयोजनामा धनुषा जिल्ला कमला न.पा.का लक्ष्मी मंडलको परीवारलाई १००१००/- (नेपाली रुपैयाँ एक लाख एक सय ) सहयोग गरिएको छ।निज मंडलकाे वैदेशिक रोजगारीको सिलसिलामा १५ दिन अघि कत्तारमा मृत्यु भएको थियो।मंडल हेल्प मधेशी कत्तार च्यापटरको labour city दलान न.११ का सक्रिय सदस्य हुनुहुन्थ्यो ।वहाको सदस्यता न.१५९ थियो ।हेल्प मधेशी नेपालका अध्यक्ष राम उदगार यादव हेल्प मधेशी साउदी अरबका अध्यक्ष इन्जिनियर कमलदेव साह धनुषा सेवा समाजका भु.पु.अध्यक्ष मनिकलाल मंडल सरसफाइ अभियानी रुबि झा दीपक चौधरी दीवाकर झा लगायत स्थानीय भरभलादमीहरुको उपस्थितिमा निज मृतकको श्रीमती राम दुलारी खत्वेलाई सामुहिकरुपमा एक लाख एक सयको चेक हस्तान्तरण गरिएको थियो।मृतक स्वर्गीय लक्ष्मी मंडलकाे आत्माले चिर शान्ति पाओस भन्ने कामना गर्दै सरसफाइबाट हुने फाइदा तथा सरसफाइको महत्त्व बारे सरसफाइ अभियन्ताहरु क्रमश: रुबि झा दीपक चौधरी र दीवाकर झा ले बोलेका थिए।त्यसतै धनुषा सेवा समाजका भु.पु.अध्यक्ष मनिकलाल मंडलले मृतक लक्ष्मी मंडललाई श्रद्धाञ्जली दिदै हेल्प मधेशीले गरेको कामहरुका बारेमा बताएका थियो।त्यसतै हेल्प मधेशी साउदी अरबका अध्यक्ष इन्जिनियर कमलदेव साहले स्वर्गीय लक्ष्मी मंडललाई श्रद्धाञ्जली दिदै हेल्प मधेशी परीवार सदैव स्वर्गीय लक्ष्मी मंडलकाे परीवारलाई दुखशुखमा सहयोग गर्ने बताए।लक्ष्मी मंडललाई श्रद्धाञ्जली दिदै लक्ष्मी मण्डको निधनबाट हेल्प मधेशी परीवारलाई धेरै ठुलो क्षती भएको छ ।यो क्षती पुरा गर्न हेल्प मधेशीलाई वर्षौ पर्खिनु पर्छ।वहाँले हेल्प मधेशीको लागी गर्नु भएको योगदानको कदर हेल्प मधेशी परीवारले सधैं गर्ने छन।संस्थाको हितका लागी वहाँले सधैं तत्परता देखाउनु भएको थियो।हेल्प मधेशी परीवार सधैंका लागी वहाँको ऋणी रहने छ्न।वहाँलेको परीवार प्रति हाम्रो सदभाव सधैं रहने छ र हेल्प मधेशी परीवार वहाँको परीवारलाई सधै सहयो गर्ने छ ।हेल्प मधेशी नेपालका अध्यक्ष राम उदगार यादवले बताए।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *