धनुषाको हंसपुर नगरपालिकामा जेष्ठ नागरिकहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ । हंसपुर नगरपालिकाको सहयोग र हंसपुर नगरपालिका वडा नं. १ को आयोजनामा भएको सो कार्यक्रममा नगरपालिकाको वडा नं. १ का जेष्ठ नागरिकहरुलाई गम्छा र दोसल्ला ओढाएर सम्मानित गरिएको छ ।

हंसपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष कामेश्वर कापरको अध्यक्षतामा भएको सो कार्यक्रममा हंसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मंडल प्रमुख अतिथि थिए । कार्यक्रममा हंसपुर नगरपालिकाका नगर उपप्रमुख रेणु झा , प्रशासकीय अधिकृत उमेश यादव , आयुर्वेद शाखाका रामछविला यादव सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *