महामारीको रुपमा रहेको कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न नुवाकोटको पन्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएका छन् । माल्टेजर इन्टरनेशनलको सहयोग तथा ग्रामीण स्बावलम्बन विकास केन्द्रको आयोजनामा गाउँपालिकालाई कोरोना सङ्क्रमण रोकथामकाको लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

गाउँपालिकामा कोरोना सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि निर्माण गर्न लागिएको आईसोलेशन केन्द्रलाई आवस्यक सामग्री वितरण गरिएको हो । वितरण गरिएका सामग्रीहरुमा १० थान अक्सिमिटर, ३० थान पिपिई सेट, ३० थान ईक्जामिनेशन ग्वोब्स, ३ थान प्याटेण्ट मोनिटर, ५० लिटर सेनिटाइजर, भिटिएम ५ सय थान रहेका छन्

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *