स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको हो । राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई १–० ले हराएको हो । रियलका लागि ४० औँ मिनेटमा करिम बेन्जिामाले गरेको गोल नै निर्णायक बन्यो । जितपछि रियल मड्रिडले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग सात अंकको अग्रता कायम गरेको छ । १५ खेलबाट ३६ अङ्क जोडेको रियल लिगमा शीर्ष स्थानमा छ । एक खेल कम खेलेको एथ्लेटिको मड्रिडको २९ अङ्क हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *