राहुल कुमार सिंह
नेपाल तरूण दल धनुषाले स्थापना दिवसको अवसरमा जनकपुरमा कपडा बैंकको स्थापना गरेको छ । तरूण दल धनुषाका अध्यक्ष संजय कर्णको अध्यक्षता तथा प्रदेश दुई संसदीय दलका नेता राम सरोज यादवको प्रमुख आतिथ्यमा सम्पन्न उत कार्यक्रममा विपन्नहरुका लागि कपडा बैंकको स्थापना गरिएको छ । कार्यक्रममा प्रदेश नं. २ का प्रदेश सभा सदस्य शिव चन्द्र चौधरी, पुर्व सांसद दिनेश प्रसैला, नेपाली कांग्रेस धनुषा उपसभापति संतोष यादव, सचिव बिशेश्वर यादव, जनकपुरधाम नगर कमिटि अध्यक्ष मनोज साह, प्रफुल्ल घिमिरे, धिरेन्द्र मोहन झा, प्रमोद चौधरी,निर्मल चौधरी, संजिब यादव सहितका व्यतिmहरुले सम्बोधन शुभकामना मनतव्य राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा,नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन सिंह, महिला नेतृ अनिता श्रीवास्तब, निलम कर्ण, शिवजी रायसहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहयोगी तीन जना लाई सम्मान गरिएको छ भने युनियन प्रेसका संचालक प्रमोद चौधरीले गरिब निमुखा लाई जाडोमा कम्बल वितरण गर्ने सुझाव दिदै सो कार्य संचालनका लागि पाँच हजार नगद समेत प्रदान गरेका छन । कार्यक्रमको उदघोषण नेपाल तरूण दल धनुषा उप सभापति राकेशबिक्रम साहले गरेका थिए ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *