दाङमा स्कुलबस दुर्घटना हुँदा दुई जना विधार्थीको मृत्यु भएको हो । तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा तुलसीपुर–१६ का अस्मिता डाँगी र किरण चौधरीको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको हो । बस्नेतको घटनास्थलमै मृत्यु भएको र चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो । दुर्घटनामा परि १५ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस मंगलबार बिहान साढे ५ बजेतिर ब्रेक फेल हुँदा तुलसीपुर–१५ को सरैयामा दुर्घटनामा परेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *