सोलुखुम्बुका महिलाहरूका लागि ब्यूटिपार्लर व्यवसाय स्वरोजगारको माध्यम बनेको हो । पछिल्लो समय युवापुस्तामा सौन्र्दयप्रति आर्कषण बढ्दै गएसँगै गाउँ गाउँमा ब्यूटिपार्लर व्यवसाय फस्टाउँदा महिलाहरू सौन्दर्यका पसलबाटै स्वरोजगार बन्ने क्रम बढेको हो । । युवायुवतीमा सौन्र्दय प्रति आर्कषण बढ्दा आफुलाई स्वरोजगार बन्ने अवसर मिलेको माप्यदुधकोशी गाउँपालिका ४ का रमिला राईले बताउनुभए । उहाँले बासा सोमबारेमा ब्युटिपार्लर व्यवसाय सञ्चालन गरिरहनुभएको हो । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा करिव १५ वर्ष अघि पहिलो पटक ब्युटिपार्लर खुलेका थियो । १५ बर्ष अघि पार्लर चलाउन मुस्किल हुने गरेको भएपनि अहिले पार्लरहरुमा युवायुवतीहरूको भिड लाग्ने गरेको सल्लेरीका पार्लर ब्यवसायी रचना राईले बताउनुभए । सदरमुकाम सल्लेरीमा मात्रै अहिले ६ ओटा पार्लरहरु सञ्चालनमा छन्् । विवाह तथा चाडवाडको समयमा आम्दानी धेरै हुने गरेको व्यवसायीको भनाइ हो । सुरु÷सुरुमा गाउँघरका मानिसहरु यसप्रति आकर्षित नभएपनि अहिले भने सौन्दर्यमा मानिसहरुको रुची बढ्दै गएको छ । जसका कारण गाउँ, गाउँसम्म पनि यसको व्यवसाय फस्टाएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *