सोमबार मुुलुकभरमा मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । अहिले देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली भएको छ, भने प्रदेश १ का केही स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको हो । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको छ । सोमबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने पनि महाशाखाले जानकारी दिएको हो । सोमबार राति भने देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *