सोमबार पनि देशभर मनसुनी वायुको प्रभाव रहेको हो । हाल प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकि प्रदेशका थोरै स्थानहरुमा मेघ घर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । सोमबार समेत देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हो । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । राती पनि प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *