सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबार देखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ । सोमबार देखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरिएको हो । काठमाडौंमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरूलाई खोप लगाउने व्यवस्था मिलाइएको छ । कोभिड १९ विरुद्धको खोप लगाएपछि पत्रकारहरूले खुशी व्यक्त गरेका छन् । पत्रकारहरूले फ्रन्टलाइनमा काम गर्ने अन्य पेशा तथा वृद्धवृद्धा उमेर समूहका व्यक्तिहरूलाई पनि छिटो भन्दा छिटो कोभिड–१९ विरुद्धको खोप दिन सरकारसँग आग्रह गरेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *