योग गर्न आह्वान गर्दै आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईं छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि हरेक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ््घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थिए ।

प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गर्नुभएको थिए । युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले पनि मोदीको प्रस्तावमा समर्थन गरेका छन् । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थिए । नेपालमा कोरोना भाइरसको दोस्रो लहरको सङmमणका कारण भर्चुअल तथा भौतिक दुरी कायम गर्दै दिवस मनाउने कार्यक्रम तय भएका छन् । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको हो । यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *