आज ४० औं राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी जनकपुरमा मनाईएको छ । “सुदृढ र स्वायत्त निजी विद्यालय , समृद्धिको आधार सरकारी विद्यालय सबलीकरणको आवश्यक पुर्वाधार ” भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस मनाईएको हो । नीजि विद्यालय संगठनहरुले आज जनकपुरको जनक चोकमा मैनबती प्रज्वलन गरी राष्ट्रिय शिक्षा दिवस मनाएको छ । कार्यक्रममा सहभागीहरुले निजी विद्यालयले समयसापेक्ष परिस्थितिसंग सामना गर्न सक्ने जनशक्तिको उत्पादन र देशमा सुहाउंदो शिक्षा प्रदान गरेको बताए । अबको शिक्षा माछा मारेर पेट भराइदिने होइन । हातमा बल्छी दिएर माछा मार्ने सीप सिकाउने शिक्षाको आवश्यकता छ भन्ने महसुस गर्दै निजी विद्यालयले सैद्धान्तिक शिक्षा होइन व्यवहारिक शिक्षामा जोड दिएको बताए । राज्यले निजी विद्यालयलाई प्रोत्साहन गर्दै उदार नीति ल्याउन सक्यो भने नेपालको शिक्षाले फड्को मार्नेछ । अब राज्यले निजी विद्यालयलाई अनेक बहानामा तहरनहस पार्न नखोजी विद्यालयको उन्नति र प्रगतिमा हातेमालो गर्नुपर्ने बेला आएको उनीहरुले बताए । निजी विद्यालयले मुलुकबाट अर्बाैं विदेशिने रकम रोक्न सफल भएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रुपमा निजी विद्यालयको अपरिहार्य आवश्यकता सबैले महसुस गरेको सहभागीहरुको जोड थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *