सबै विदेशी सैनिकले आउँदो सेप्टेमबरसम्मा अफगानिस्तान नछोडेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी तालिबानले दिएको हो । अमेरिकी तथा नेटो सैनिक आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट बाहिरिँदै छन् । काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कुटनीतिक मिसनको सुरक्षाका लागि एकहजार सैनिक रहने खबर आएपछि तालिबानको यस्तो चेतावनी आएको छ । तालिबानका नेताले बिबिसीसँगको कुराकानीमा तोकिएको समयसीमा भन्दा पछि बाहिरिने वा समय सीमापछि पनि अफगानिस्तानमा रहने विदेशी सैनिकहरूलाई खतरा हुने चेतावनी दिएका छन् । विदेशी सैनिकको साथ पाउँदै आएको अफगान सेनाले अब देशको सुरक्षाको जिम्मा एक्लै सम्हाल्ने तयारी गरिरहेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *