सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक बुधबार बस्दै छन् । यसअघि हिजो बस्ने भनिएको बैठक पार्टीको आन्तरिक विवादका कारण स्थगित भएको थिए । बिहान साढे आठ बजेका लागि बोलाइएको बैठकमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा छलफल हुन्ने छन् । सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका थिए । यसअघि एमालेको दुई पक्षबीच सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा सहमति हुन नसक्दा हिजोको बैठक स्थगित भएका थिए । सुदूरपश्चिम प्रदेशमा एमालेको माधव नेपाल पक्ष बलियो हो । प्रदेश सरकारमा रहेका एमालेबाट प्रतिनिधित्व गर्ने तीन जना नै माधव पक्षका छन् । यस्तो अवस्थामा माओवादी केन्द्र भने सकेसम्म सत्ता जोगाउने प्रयासमा लागेका छन् । कुरा गर्दै माओवादी केन्द्रका तर्फबाट प्रदेश सरकारमा सहभागि भूमि व्यवस्था कृषि तथा शहकारी मन्त्री मन्त्री विनितादेवी चौधरीले एमालेको औपचारिक निर्णयपछि औपचारिक रुपमा छलफल गर्ने बताएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *