सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिनुहुनेभएको हो । माओवादी पक्षका मुख्यमन्त्री भट्टले प्रदेशसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको प्रदेशसभा सचिवालयले जनाएका छन् । प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, काँग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना सांसद छन् । एमालेका २४ मतदातामध्ये कारवाहीमा परेका १५ र संस्थापन पक्षमा नौ सदस्य रहेका छन् । नेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वास प्राप्त गर्नुहुन हो । काँग्रेसले अहिलेसम्म पक्ष–विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएका छैन । नेकपा एमालेले भने मुख्य मन्त्री भट्टको विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशन दिएको एमाले प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिनुभए ।
सम्बन्धित खवर

बिरुवा रोप्ने अभियान सुरु प्रदेश २ मा १४ लाख

मेलम्चीका जनप्रतिनिधिले राहत कोषमा रकम जम्मा गरे

सम्सी गाउँपालिका प्रशासकीय अधिकृत यादवले किर्ते हस्ताक्षर गरेको खुलासा

काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच छलफल हुँदै

प्रदेश २ ः यसर लिए मन्त्री महतो र यादवले शपथ, हेर्नुस् १० फोटो
