धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ६ सिरसियामा विपन्न गरिब असहायलाई बुधवार कम्बल वितरण गरेको छ । चिसोले जनजीवन प्रभावित हुन थाले पछि ३५ जनालाई मां लक्ष्मी युवा कमिटीद्वारा कम्बल वितरण गरिएको कमिटीका अध्यक्ष रामभरोस यादबले जानकारी दिएका छन । केही दिन यता लगातार शितलहर चल्दा विपनन गरिब असहाय जेष्ठ नागरिक दलित र सुत्केरी महिलाहरुलाई असहज भईरहेको अवस्थामा सहयोग गरिएको हो । राम भरोष यादबको सक्रियता सुबोध कुमार यादब, राम केवल यादब, पप्पु कुमार यादब, उदित नारायण यादब, दिपक रजक, राम लोचन यादब, बिपिन कुमार साह, भरत ठाकुर शर्मा, राज कुमार यादबको सहयोगमा कम्बल वितरण गरिएको हो । कम्बल बितरण कार्यक्रममा प्रमुख अतिथिमा पुर्व सासंद प्राडा चन्द्र मोहन यादब, वडाध्यक्ष राम प्रकास यादब, नेपाली कांग्रेस मिथिला बिहारी नगरपालिका का साभापति राजेन्द्र प्रसाद यादब लगायतको उपस्थित थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *