मंगलबार परेको पानीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी र पहिरो आएको हो । बाढी र पहिरोका बाट भएको क्षती बारे भने विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको हो । ७ जनाको मृत्यु भएको खबरहरु आएपनि प्रहरीले पुष्टि गरेका छैन । वास्तविक विवरण संकलन भइरहेको सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जनाकारी दिनुभए । बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको हो । बाढीले मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगाएको हो । राति करिब पौने २ बजेको समयमा उक्त पुल बाढीले बगाएको बताउनुभएका छन् । त्यस्तै ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् । यो संगै बाढीले हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, आमा ह्योल्मो बसपार्क, सिटि पार्क मा क्षती पुगेको स्थानीयले जनाएका छन् । मेलम्चिमा बहुउद्देश्यीय कभर्डहल, मेलम्ची फन पार्क, होटल रेष्टुरेन्ट, घर घडेरी, खेत, पुल, ट्राउट फर्म आदि गरि अर्बौं को क्षति भएको स्थानीय सिपी दुलालले बताउनु भए । बाढी पसेपछी मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजिक जग्गामा बसेका छन् । घर ढुवानमा परेपछी मेलम्चीवासी नगरपालिकाको कार्यालयको प्रांगण, शेरा फाँट, ईन्द्रावती क्याम्पसमा बसेका छन् । मेलम्ची आयोजनाको काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसिसकेको हो । अम्बाथानको सशस्त्र क्याम्प पनि जोखिममा रहेको सिन्धुपाल्चोकका डिएसपी सापकोटाले जानकारी दिनुभए । यसैबिच मंंगलबारको परेको पानीका कारण मनाङ,मुस्ताङ,म्याग्दी,कास्की,पाल्पा,अछाम लगायतका जिल्लामा पनि बाढी र पहिरोबाट क्षती भएको छ । त्यस्तै वर्षाले नारायणी नदीको बहाब उच्च भएपछी गण्डक व्यारेजका सबै ढोका खोलिएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *