सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिकाले जिल्लामै पहिलोपटक डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको हो । गाँउपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताको लागि गत साताबाट डिजिटल वडापत्र सञ्चालनमा ल्याइएको छ । डिजीटल वडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पुर्ण जानकारी सजिलै प्राप्त गर्नेछन् । आफुले प्राप्त गर्न खोजेको सेवा सो वडापत्रमा हेरेपछि त्यसको लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पुर्ण जानकारी थाहा पाउन सकिन्छ । सो काम गर्नको लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरण समेत सोही वडापत्रमा हेर्न सकिने गाँउपालिकाका सुचना प्रविधि अधिकृत मनोज दंगालले बताउनुभएका छन् । डिजीटल वडापत्रमा गाँउपालिकाको सम्पुर्ण जानकारी समेत हेर्न सकिन्छ । गाँउपालिकाको कुनै शाखाले दिने सेवा सम्बन्धी जानकारी लिन समेत सोही बडापत्रको प्रयोग गर्न सकिनेछ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *