सिन्धुपाल्चोकको मेलम्चिमा रहेको तेर्से माध्यमिक विद्यालयको संरक्षण र वैकल्पिक कक्षाकोठा व्यवस्थापनको काम सुरु भएको हो । असार १ गते आएको बाढीका कारण क्षति भएको विद्यालयको पूर्ननिमार्णको काम सुरु गरिएको छ । विद्यालयको संरक्षण र पूनर्निमार्णका लागि टिम नेपालले २० लाख सहयोग गरेका छन् । विगत १८ वर्षदेखि विद्यालयसँग निरन्तर सहकार्य गर्दै आएको टिम नेपालमार्फत उक्त सहयोग रकम प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलबहादुर शाहीले बताउनुभएका छन् । विपत्तिको समयमा संस्थाले गरेको सहयोग रकम उचित तरिकाले परिचालन गर्ने विद्यालयका प्रधानाध्यापक कृष्ण ढुंगानाले बताउनुभए । विद्यालय संरक्षण र वैकल्पिक कक्षाकोठा व्यवस्थापनका निम्ति विभिन्न व्यक्ति, विद्यार्थी, विद्यालयका शिक्षक,शिक्षिका,पूर्व विद्यार्थी, समुदाय, राजनीतिक पार्टी तथा सङ्घसंस्थाहरुबाट भौतिक तथा आर्थिक सहयोग प्राप्त भईरहेका प्रधानाध्यापक ढुंगानाले जानकारी दिनुभए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *