मंसिर , २६
धनुषाको जनकपुरधाम उपमहानगरपालिका विद्यापति चोकमा सिद्धार्थ बैंकको नयां शाखा सुचारु भएको छ । नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक हिम प्रसाद न्यौपानेले रिबन काटेर शाखाको शुभारम्भ गरेका हुन । सिद्धार्थ बैंकको जनकपुरमा यो दोश्रो शाखा हो । यस अघि जनकपुरको मिल्स एरियामा शाखा संचालनमा आई सकेको छ । शाखाको उदघाटन गर्दै न्यौपानेले बैंकलाई नाफामुखीभन्दा सेवामुखी बन्नुपर्नेमा जोड दिएका छन । उनले ऋणमा सर्वहाराको पहुंच पुग्न नसकेको भन्दै सबैको पहुच पुर्याउनतर्फ ध्यान दिन बैंकलाई आग्रह गरेका छन । सिद्धार्थ बैंक जनकपुर विद्यापति शाखाका प्रबन्धक सतिश कर्णको अध्यक्षतामा भएको सो कार्यक्रममा सिद्धार्थ बैंक केन्द्रिय कार्यालयका डिजिएम शेर बहादुर बुढाथोकी , एजीएन सुरेशराज महर्जन , प्रदेश नं. २ प्रादेशिक कार्यालयका प्रमुख हरि प्रसाद तिमिल्सेना , नेपाली कांग्रेस जनकपुरधाम नगर सभापति मनोज कुमार साह सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *