कोरोनाको सङ्क्रमण बढेपछि सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेशमा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख हो । सहरी क्षेत्रमा वैशाख महिनाभरि भौतिक रुपमा पठनपाठन बन्द गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सुचना प्रबिधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । अब होटल तथा रेष्टुरेन्ट बिहान ८ बजे देखि बेलुका ८ बजेसम्ममात्र सञ्चालन हुन पाउने छन् । विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाइएको मन्त्री गुरुङले बताउनुभयो । मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय पनि सरकारले गरेको हो । नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेशमा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *