साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । मालेस्थित राष्ट्रिय रंगशालामा गएराति भएको खेलमा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले ८२ औँ मिनेटमा निर्णायक गोल गर्नुभएको थिए । भारतले ३ खेलमा ५ अङ्क जोडेसँगै तेस्रो स्थानमा उक्लिएको हो । ३ खेलमा ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा झरेको हो । ६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको हो । भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको हो । नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध पर्सि बुधबार प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *