जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ स्थित साउथ प्वाईन्ट ईंगलिस बोर्डिंग स्कुल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई शुक्रवार बिदाई गरिएको छ । कक्षा ९ का विद्यार्थीहरूले विद्यालयमा एक समारोह आयोजना गरी यस वर्षको एसईई दिने विद्यार्थीहरूलाई सफलताको शुभकामना दिई बिदाई गरेका हुन् । विद्यालयको यस वर्षको एसईई ब्याच २४ औं हो ।


सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक अजय कुमार साहले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरूलाई शुभकामना दिए । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रामप्रकाश साहले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आउन लागेको परिक्षाको सफलताको शुभकामना दिए ।


नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रामप्रकाश साहको प्रमुख आतिथ्य एवं साउथ प्वाईन्ट ईंगलिस बोर्डिंग स्कुल प्रधानाध्यापक अजय कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई आउदै गरेको एस ई इ परिक्षाको सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै मायाको चिनो समेत प्रदान गरिएको छ ।


कार्यक्रममा मयांके चिनो ग्रहण गर्दै कक्षा १० का विद्यार्थीहरुले आफुहरुलाई विदाई गरेकोमा धन्याबाद ज्ञापन गर्दै आफुहरु जहा र जुन अवस्थामा भएतापनि यस विद्यालय प्रति सदैव माया रहीरहने बताएका थिए । सो अवसरमा विद्यार्थीहरुद्धरा सास्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *