२७ साउन, काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसदबाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था नरहेको बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र०का सांसद बिडारीले एमसीसीलाई संसदबाट पास गर्नैपर्ने संवैधानिक व्यवस्था नरहेको बताएका हुन् ।मंगलबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा बोल्दै एमसीसी के गर्नुहुन्छ रु भनी प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गरेका थिए । त्यसको जवाफ दिने क्रममा सांसद बिडारीले एमसीसी संसदमा ल्याउनैपर्ने कारणबारे पूर्व प्रधानमन्त्री ओलीलाई पुष्टि गरेर देखाउन चुनौैती दिए । ‘एमसीसी संसदमा किन रु यो कुनै संवैधानिक व्यवस्था छैन । यहाँ नेपालमा चाहिं ल्याउनैपर्ने कारण के रु ओलीजीले पुष्टि गर्नुपर्‍यो नि,’ उनले भने, ‘सभामुखलाई अनेक प्रकारको लाञ्छना लगाएर एमसीसी सदनमा ल्याएन भनेर जुन प्रकारको हर्कत गरियो । त्यसकारण मेरो प्रश्न छ, एमसीसी सदनमा आउनुपर्ने विषय हाम्रो संविधानमा छ रु’ सांसद बिडारीले पूर्व प्रधानमन्त्री ओलीको कार्यकालमा भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको भन्दै प्रधानमन्त्री ओलीसँग कुरा मिलाएर पो हो कि भन्ने प्रश्न तेस्र्याए । ‘भारतले नेपालको भूमि कहिले उसको नक्सामा हाल्यो । याद गरिराखौं कहिले हाल्यो रु अहिलेसम्म हाल्न सकेको थिएन । जब ओली प्रधानमन्त्री हुनुभो ट्याक्क भारतले नेपालको जमिन उसको नक्सामा हाल्या,’ उनले अगाडि भने, ‘त्यति मात्र हो र रु नेपालको भुँइमा सडक बनाएर भारतको मन्त्रीले उद्घाटन गर्‍यो । कहिले रु ओलीजीको पालामा ।’

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *