नेपाली काँग्रेसका पुर्व महाधिवेशन, महासमिति सदस्य , समाजसेवी दिलिप सहगलको मंगलबार राती काठमाडौमा निधन भएको छ । बुधवार बिहान बागमती प्रदेशका सभासद श्री नरोत्तम बैधज्युद्वारा नेपाली काँग्रेसका चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली प्रकट गरेका छन । हिन्दु धर्म संस्कृति अनुसार पशुपतिको आर्यघाटमा बुधवार बिहान दाहसंस्कार गरिएको छ । यता नेपाली कांग्रेस धनुषाले सहगलको स्मरणमा शोक सभा गरेको छ । नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको अध्यक्षतामा भएको सो सभामा नेपाली कांग्रेसका नेता कार्यकताहरुको उपस्थिति रहेको थियो । यता नेपाली कांग्रेसका केन्द्रिय उपसभापति बिमलेन्द्र निधिले सहगलको निधनले नेपाली काँग्रेस धनुषामा अपुर्णिय क्षति हुन पुगेको छ । यस दुःखद घडीमा वहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार एवं आफन्तजनमा धैर्य धारण गर्ने शक्ति श्री जानकी माताले प्रदान गरून् भनी हार्दिक श्रद्धाञ्जली दिदै शोक सन्देश दिन् भएको छ।
२०२९ सालदेखि नेपाली काँग्रेसमा आबद्ध रहनु भएका सहगल लोकतान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सकृय रहि थुना जेल यातना समेत भोग्दै महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । दुई दुई पटक महाधिवेशन , महासमिति सदस्य , जिल्ला सदस्य समेत रहिसक्नु भएका वहाँ हाल क्षेत्रीय प्रतिनिधि रहनु भएको छ । खजुरी माध्यमिक बिधालयका ब्यबस्थापन समिती , नेपाल रेडक्रस धनुषा, खेलकुद लगायत विभिन्न संघ संस्थामा सक्रिय रहनु भएका यिनी मध्यमाञ्चल खेलकुद बिकास समितिका अध्यक्ष समेत रहनु भएको थियोे । वहाँको एक श्रीमती, दुई छोरा र एक छोरी रहेका छन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *