राहुल कुमार सिंह
नेपाली कांग्रेसका जुझारु नेता धनुषाका पुर्व जिल्ला सदस्य , पुर्व महासमिति सदस्य , समाजसेवी दिलिप सहगलको तेह्रौ दिनको पुण्य तिथिको अवसरमा नेपाली कांग्रेस धनुषाले श्रद्धाञ्जली सभा गरेको छ । नेपाली कांग्रेस धनुषा सभापति महेश शंकर गिरीको अध्यक्षतामा आईतवार जनकनन्दनी गाउंपालिकाको खजुरीमा भएको सो कार्यक्रममा केन्द्रिय पूर्व मन्त्री रामकृष्ण यादव प्रमुख अतिथि रहेका थिए । धनुषाको खजुरी गाउँ निवासी ६८ वर्षीय सहगलको मृगौला रोगको उपचारको क्रममा काठमाडौमा निधन भएको थियो । कार्यक्रममा वतmाहरुले स्व. सहगलले नेपालको हरेक लोकतान्त्रिक आन्दोलन तथा सामाजिक क्षेत्रमा निर्वाह गरेको सक्रिय भूमिकाको प्रशंसा गर्दै उनले नेपाली काँग्रेसको संगठन विस्तार र सुदृढिकरणमा महत्वपुर्ण योगदान दिएको बताए । वतmाहरुले सहगलको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली काँग्रेस , लोकतन्त्र र देशले एउटा सशक्त योद्धा गुमाएको बताए । २०२९ सालदेखि नेपाली काँग्रेसमा आबद्ध रहेका भएका सहगल लोकतान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सकृय रहि थुना जेल यातना समेत भोग्दै प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएको थियो ।

दुई दुई पटक महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य , जिल्ला सदस्य समेत रहिसक्नु भएका वहाँ हाल क्षेत्रीय प्रतिनिधि रहनु भएका थियो । खजुरी माध्यमिक बिधालयका ब्यबस्थापन समिती , नेपाल रेडक्रस धनुषा, खेलकुद लगायत विभिन्न संघ संस्थामा सक्रिय रहनु भएका सहगल मध्यमाञ्चल खेलकुद बिकास समितिका अध्यक्ष समेत रहनु भएको थियोे । वहाँको एक श्रीमती, दुई छोरा र एक छोरी रहेका छन । श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव , संघीय सांसद स्मृति नारायण चौधरी , पुर्व सांसद दिनेश प्रसैला , मुतmा यादव , प्रमे किशोर साह , नेपाली कांग्रेस धनुषा उपसभापति संतोष यादव , सचिव विशेश्वर यादव , धनुषा क्षेत्र नं. ३ का क्षेत्रिय अध्यक्ष कन्हैया कर्ण , जनकपुरधाम नगर सभापति मनोज साह , प्रभावशाली युवा नेता प्रवेश चौधरी , युवा नेता जगदीश चौधरी , अंजनी झा , शम्भुनाथ झा , वरिष्ठ पत्रकार रामभरत साह , शैलेन्द्र झा , किशोर मंडल सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *