प्रदेश २ का भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश सरकारले स्थापनाकालदेखि नै कृषिमा ध्यान दिँदै आएको बताएका छन । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.धनुषाको ११ औं वार्षिक सधारण सभालाई मंगलवार सम्बोधन गर्दै उनले सहकारी देश विकासको मेरुदण्ड भएकोले सहकारीलाई वेवास्ता गरेर देशले आर्थिक छलाङ मार्न नसक्ने वताएका छन् । उनले सहकारीमार्फत नै आर्थिक संमृद्वि हासिल गर्न सकिनेमा प्रदेश सरकार विश्वस्त रहेकाले सरकारले सहकारीलाई उच्च प्राथमिकता दिएको बताए । अर्थतन्त्र दुर्तगतीमा अघि बढाउन सहकारीबाहेक अरु बाटो छैन, सहकारीको सही परिचालन बाट नै देश संमृद्वि बन्छ । सहकारीले प्रकृतिक स्रोत, साधन सदुपयोग गर्न सके मात्र देशले छिटो गति लिन सक्नेमा उनले विश्वास व्यक्त गरेका छन । कृषि उत्पादनमा आत्मनिर्भर हुन सहकारीले सघाउने बताए । ‘सहकारीले कृषिमा लगानी बढाएर व्यापारघाटा कम गर्न सक्छ’ उनले भने । कृषिको आधुनिकरण, व्यवसायिकरणका लागि राज्यले उचित सम्मान दिने वताए ‘आर्थिक उत्पादानमा सहकारीको भूमिका बढाउन तपाईहरु भिजन, योजना र प्रतिवद्वतासहित आउनुहोस्, प्रदेश सरकार सहजिकरण गर्न तयार छ’ उनले भने । सहकारीले उत्पादनका साथै उद्योग, व्यापार व्यावसायमा जोड दिनुपर्ने बताए । ‘सहकारीमार्फत देशको मुहार फेर्न सकिन्छ, त्यसका लागि सहकारीका कार्यदिशा स्पष्ट हुनुपर्छ’ उनले भने । सहकारीले सदस्यको जीवनस्तर उकास्ने कुरामा पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि.धनुषाका अध्यक्ष एवम् राष्ट्रिय सहकारी बैंकका संचालक धु्रव नारायण यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव , परमेश्वर साह , जिल्ला बचत तथा ऋण सहकारी संघ लि.धनुषाका सचिव संजय साह , सहकारीकर्मी सिताराम यादव , राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख विष्णु पराजुली , डिभिजन सहकारी कार्यालय जनकपुरका पुर्व प्रमुख परमेश्वर यादव , नेपाली कांग्रेस धनुषा सचिव विशेश्वर यादव , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन सिंह , नेवि संघका नेता संजिव यादव लोकहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रमोद कुमार छिटटान सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *