नेकपा खारेज गर्ने सर्वोच्चको फागुन २३ को फैसला विरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलकोनमा जाने भएको हो । मंगलबार सिंहदरबारमा बसेको माओवादी स्थायी कमिटी बैठकले एमाले र माओवादी केन्द्र ब्यूँताउने फागुन २३ को अदालतको फैसला पुनरावलोकन गरी नेकपामै फर्काउन माग गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । माओवादी केन्द्रीय कमिटी बैठकले पनि पुनरावलोकनमा जाने यसअघि नै निर्णय गरिसकेको भन्दै मंगलबार कानुन व्यवसायीसँगको छलफलपछि माओवादी केन्द्रले पुनरावलोकनमा जाने निर्णय गरेको श्रेष्ठले बताउनुभयो । पुनराअवलोकनमा कहिले जाने भन्ने मिति भने तय नभएको उहाँले बताउनुभयो । मंगलबार बिहान शीर्ष नेतृत्वले कानुन व्यवसायीसँग पुनरावलोकनमा जाने विषयमा छलफल गरेको थियो । बुधबार थप छलफल गर्ने माओवादी केन्द्रले जनाएको हो ।
सम्बन्धित खवर

नेपाली कांग्रेस धनुषाको अधिवेशन फागुन २३ गते गर्ने निर्णय

शहिद सत्यनारायण साह स्मृति प्रतिष्ठान नेपालद्वारा होलीको अवसरमा शुभकामना आदान प्रदान

नेपाली कांग्रेस मजदुरको पक्षमा ः श्रेष्ठ

अधिकांश प्रदेशको मौसममा आंशिक बदली

मधेश प्रदेशमा पुनः कोरोना संक्रमितको संख्या बढ्दै

काबुल विमानस्थलमा आतंकवादी आक्रमण अमेरिका र बेलायतद्वारा चेतावनी
Latest Posts from खोज खुलासा

प्रशासकीय अधिकृतको निधनपछि धनुषा प्रशासनको सेवा स्थगित

धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने जुलीको घोषणा

मुख्यमन्त्री कार्यालयमा १४ हजार साईकल खरिदको अर्को फाइलमाथि पनि अख्तियारको नजर

भारतको नयाँ उपराष्ट्रपति बने जगदीप धनखर

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट
