सर्वोच्च अदालतमा गोलाप्रथाद्वारा पेसी तोक्न सुरु गरेको हो । प्रधानन्यायाधीशले आफ्नो तजबिजका आधारमा मुद्दाको पेसी तोकेको र सत्ता र पैसासँग न्याय साटेको आरोप लगाउँदै आन्दोलनमा रहेका न्यायाधिसहरु सर्वोच्चमा गोलाप्रथा लागूभएसँगै काममा फर्किएका छन् । सर्वोच्चको इतिहासमा नै पहिलो पटक गोलाप्रथा प्रक्रियाबाट मुद्दाको पेसी तोकिएको हो । पहिलो दिन हिजो गोला प्रथाको माध्यमबाट दुईवटा एकल र ८ संयुक्त गरि १० वटा इजलास गठन भए । यसअघि मुद्दा तोक्दा प्रधानन्यायाधीशले आफु खुसी गर्ने गरेको र पैसासँग न्याय साटिएको आरोप न्यायाधीश र नेपाल बारको थिए । अब भने स्वार्थ अनुसार मुद्दाको पेसी तोक्ने काम नहुने नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको भनाइ हो । मुद्दाको पेसी तोक्ने विशेषाधिकार प्रधानन्यायाधीशको भएपनि अब त्यो अधिकार प्रधानन्यायाधीशसबाट खोसिएको हो । अब पेसी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार न्यायाधीशहरूले अपारदर्शी थैलीमा राखिएका समान रूप, रङ्ग, आकार र बनोटका गोटी तानेर पेशी तोकिने अधिवक्ता ओम प्रकाश अर्याल बताउनुभयो ।न्यायालयको नेतृत्वमाथि अविश्वास उत्पन्न भई इजलास र पेसी तोक्न पाउने प्रधानन्यायाधीशको विशेषाधिकार नै खोसिनु विश्वकै दुर्लभ घटना भएको कानून क्षेत्रका जानकारहरू बताउँछन् यसरी गोलाप्रथाबाट पेसी तोक्ने प्रक्रिया अस्थायी समयका लागि मात्रै हो, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको बर्हिगमनपछि यो क्रम रोकिन सक्छ । तर, न्यायालयमा देखिएका समस्या समाधानको लागि स्थायी समाधान भने खोज्नुपर्ने न्याय क्षेत्रका व्यक्तिहरूको धारणा हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *