असार , २६
सर्लाही घटनाका दोषीले सजाय पाउनु्पर्ने नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मांग गरेका छन । सर्लाहीको ईश्वरपुरमा प्रहरीको गोली लागेर मृत्यु भएका सरोजनारायण सिंह देबन १३ औं दिनको पुण्य तिथिको अवसरमा आज नेता नीधिले घटनाका दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।
कांग्रेसले घटनाको कडा निन्दा गर्दै संसदमा अबरोध गरी तत्काल संसदीय छानविन समिति गठन गर्न समेत माग गरेको उल्लेख गर्दै पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका निधिले सरोजलाई सहिद घोषणा गर्दै पिडित परिवार र सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन ।


सरोजको घरमा पुगे लगतै निधिको भेट भयो सरोजको ८ महिने छोरो काखमा बोकेका उनको भाइसँग बुवाको पर्खाइमा रहेका बालककलाई देख्नासाथ निधिले काखमा समाए ।
त्यसपछि उनको भेट भयो सरोजको बुवा जिवछ नारायणसँग । रसाएका आँखा देखेपछि निधि भावुक बन्दै सान्तवना दिए । सरोजको आत्माको चीरशान्तिको कामना गरे । घरको रुवावासीकाबीच निधिको भेट भयो सरोजकी आमा र पत्नीसँग । उनीहरुलाई सान्तवना दिन लागेका निधिले जसोतसो रसाएको आँखा संहालेका थिए ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *