सर्लाहीमा रात्रि बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । अन्य १३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं। १२ बाँके जंगलमा बरियारपट्टी सिरहाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ७५३ नं।को बसले विपरीत दिशातर्फमा रहेको ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
गएराति ९ बजे ठक्कर दिँदा बस सडक किनारमा पल्टिएको हो ।
बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार ईश्वरपुर नगरपालिका वडा नं। १२ घारीबथान बस्ने २७ वर्षीय भक्त बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
खड्काको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिएपछि बस पल्टिंदा बसमा सवार ४० जना यात्रुमध्ये १२ जना घाइते भएका छन् । १२ जना घाइते मध्ये एकजनालाई थप उपचारको लागि सिराहा पठाइएको छ ।
घाइते ७ जना लालबन्दी मोडेल अस्पतालमा उपचारपछि घर फर्किएका छन् । चार जनाको भने सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *