सर्लाहीमा एक युवकको धारिलो हतियार प्रहार गरी बीभत्स हत्या भएको छन् ।
सर्लाहीको कबिलासी नगरपालिका ८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या भएको हो ।
मंगलवार बिहान हत्या भएको अवस्थामा उनको शव घरभन्दा केही पर सडक छेउको खेतमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले टुडेपाटीलाई जानकारी दिए ।
शव भेटिएको ठाउँमा सडकमा र घटनास्थलमा पनि रगतका छिटा देखिएको छन् ।
युवकको शव मंगलवार बिहान फेला परेपछ प्रहरीलाई स्थानीयले खबर गरेका थिए ।
प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *