सर्लाहीमा आज विहान इलेक्ट्रिक पसलमा आगलागी हुँदा लाखौँ रकम बराबरको क्षति भएको छ । सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ९ बसपार्क स्थित जलाल अहमदको घरको सटरमा संचालनमा रहेको इलेक्ट्रिक होलसेल पसलमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । आज विहान करिब साढे ४ बजेको समयमा ५० वर्षीय रामनाथ चौधरीले सञ्चालन गरेको पसलमा आगलागी भएको हो । आगलागी हुँदा पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ भने मानविय तथा चौपाया क्षति नभएको सर्लाही प्रहरीले जनाएको छ । आगो प्रहरी, स्थानिय र दमकलको सहयोगमा करिब साढे ५ बजे नियन्त्रणमा आएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *